विदुर – नुवाकोट उद्योग वाणिज्य संघले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई केन्द्रबिन्दु बनाउँदै गरि लेख/रचनाका लागि सबैसँग आव्हान गरेको छ ।
संघले यहि माघ १६ देखि २६ गतेसम्म हुने नुवाकोट महोत्सव आयोजना हुन लागेको हुनाले नुवाकोटमा रहेका धर्म संस्कृति, जनजाती, भेषभुषा, रितिरिवाज, परम्परार नुवाकोटको कृषि, उद्योग, आर्थिक, शैक्षिक, व्यापार/व्यवसाय, पर्यटनको प्रवर्धन गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ स्मारिकामा प्रकाशन गरिन लागेको स्मारिका प्रकाशन उपसमिति संयोजक राजकुमार आचार्यले जानकारी दिनुभयो ।
विज्ञप्ति अनुसार संघको विदुरस्थित कार्यालय पुगेर वा इमेल rajpranami9@gmail.com ncci.nuwakot@gmail.com मार्फत २०७६ पुष २५ गते सम्म पठाउन भनिएको छ ।

प्रतिक्रिया