विदुर – नेपाल भ्रमण वर्ष २०२० तथा नयाँ वर्षलाई लक्षित गर्दै होटल याँग्रामा शनिबारबाट “ओयो रुम्स”को सुविधासहित “खाना मेला” सुरु भएको छ ।
नुवाकोट घुम्न आउने पाहुनाहरुलाई मध्यनजर गरि विशेष छुटसहित “खाना मेला” सुरु गरेको हो । मेलामा रु१५० मैं कुखुराको मासुसहित थकाली खानाको स्वाद लिन पाउने होटल व्यवस्थापक सुदिप श्रेष्ठले बताउनुभयो।
नुवाकोटको विदुर नगरपालिकाको ढुंगे बजारमा सञ्चालित होटलले खाना सेटमा जिल्लामै उत्पादित मसिनो चामलको भात, कुखुराको मासु, गुन्द्रुकको अचार, जिम्बुले झानेको कालो दाल, गोलभेंडा र टिमुरको अचार, साग, मौसमी तरकारी, घिउ लगायतका परिकार रहेको श्रेष्ठले जानकारी दिनुभयो । खाना काँचका थाल र कचौरामा पस्कने छ । नेपालको प्रमुख परिकारको रैथाने स्वादमा थकाली खानाले नेपाललाई चिनाएको छ ।
खानाको लागि सामाजिक संजाल फेसबुक तथा ९८४१०-१२४३३ मा कल गरी बुक गर्न सकिनेछ । खाना खाईसकेपछि बिलको लागि ह्याण्ड क्यास, क्रेडिटकार्ड स्वयाप, अनलाइन पेमेन्ट गेटवे खल्ती तथा ईसेवामार्फत् भुक्तानी गर्न सकिने श्रेष्ठले जानकारी दिनुभयो । होटलमा पूर्ण कम्युटराईज सिस्टममा सञ्चालित रहेको छ । खाना अर्डर, बिल पेमेन्ट तथा कर्मचारी व्यवस्थापन पनि कम्युटराईज सिस्टममा आधारित रहेकोले होटल याँग्रा एकमात्र डिजिटल होटलमा स्थापित रहेको छ ।
ओयो रुम्सको सुविधा
भ्रमण वर्षलाई सफल बनाउन होटलले नुवाकोट घुम्न आउने तथा गोसाइँकुण्ड, लाङटाङ, क्यान्जिन भ्याली, केरुङ, कैलाश मानसरोवर जाने पर्यटकहरु समेत मध्यनजर गरि अन्तर्राष्ट्रियस्तरको “ओयो रुम्स” लाई भित्र्याउन सफल भएको हाे ।
‘इस्वी सम्वतको नयाँ वर्षको बेला विदेशीहरुमा घुमफिरको संस्कृति तथा विदा मनाउन देशका प्रमुख शहरमात्र नभई नुवाकोटसम्म आउने वातावरण बढोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको सुविधा होटलले थप गरेको हो’, होटल संचालक सविन श्रेष्ठले भन्नुभयो । ‘होटलका कोठा तथा खाना पनि महँगो छैनन् र होटलमा आउने पाहुनालाई विशेष सत्कार गर्न चाहन्छन् भन्ने सन्देश दिनु पनि हाम्रो उद्देश्य हो’, श्रेष्ठले भन्नुभयो । होटललाई नयाँपन दिन कोठाहरुको सज्जा परिवर्तन समेत गरिएको छ।

सन् २०१६ मा युवा व्यवसायीहरुको समूहले संचालन गरेको होटलमा दक्षिण एशिया र भारतमा ख्यातीप्राप्त ‘ओयो को गुणस्तर र मापदण्ड समेत रहेको र अन्तर्राष्ट्रियस्तरको रुम सुविधा पाउने छ’, श्रेष्ठले बताउनुभयो । ओयो ६९८ होटलमा पर्यटकको लागि आरामदायी रुमहरु पनि उपलब्ध रहेको छ । होटलमा ६ सय देखि २ हजारसम्मको रुम रहेको छ । होटलको रुमको लागि “ओयो रुम्स” को गुगल प्ले र एप स्टोरमार्फत् डाउनलोड गरि बुकिङ गर्न सकिने होटलले जनाएको छ । ओयो रुम्सको एपबाट बुकिङ गर्दा २५ प्रतिशत छुट पाउने छ ।
ओयोको प्रावधान अनुसार होटलको रुमको ढोकामा स्मार्ट कि ट्याग, बजर डोर बेल, पेमेन्ट कार्ड स्वयाप, दैनिक हाउसकिपिङ लगायतका सुविधा लिन सकिने छ । त्यस्तै, होटलमा २४ सै घण्टा विद्युत आपूर्ति, होटलभित्रै रेष्टुरेन्ट, हाईस्पिड इन्टरनेट, आगो नियन्त्रक, प्रिमियम टिभी च्यानल, सिसिटिभी क्यामेराबाट निगरानी समेतको सुविधा रहेको छ । होटलमा १९ कोठा, कन्फेरेन्स हल र पर्याप्त पार्किङ सुविधा पनि छ ।
डिलक्स सभाहल

होटलमा डिलक्स एसीसहितको ३५० सिट क्षमता भएको सभाहल रहेको छ । होटल संचालक श्रेष्ठका अनुसार जिल्लामै पहिलोपटक युवावर्ग तथा परिवारलाई लक्षित गर्दै हरेक शुक्रबार लाईभ म्युजिक सुरु गरेकाे थियो। अहिले फेस्टिबलमा मात्र लाईभ म्युजिक कार्यक्रम सञ्चालन गरिरहेको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । लाईभ म्युजिकमा कमल खत्री, बसन्त बुढाथोकी, रन्जीत परियार, सुमित्रा तामाङ लगायतका कलाकार तथा राजधानीका पबहरु चर्चित म्युजिक ब्याण्डहरुलाई प्रस्तुत गरिसकेको छ ।
हालसम्म होटलले ७० ओटा भन्दा वढी शुभविवाहको उच्च व्यवस्थापनसहित सम्पन्न गरिसकेको छ भने संघ/संस्थाको साधारणसभा, कार्यक्रम, फेसन सो, कर्न्सर्ट, ब्रतबन्ध, पास्नी, शुभकार्य जस्ताको लागि अति उपयुक्त रहेको छ । होटलमा ३५ क्षमता रहेको डिलक्स कन्फरेन्स हल पनि रहेको छ ।
रेस्टुरेन्ट
यस होटलमा परिवारसँग बसेर विभिन्न किसिमका खानेकुराको स्वाद लिन सकिन्छ । त्यस्तै विभिन्न मदिराको पनि स्वाद लिन सकिन्छ । विशेष गरी हाइज्यानिक खानाहरु यस होटलको प्रमुख विशेषता हो । होटलले जुनै समयमा पनि बट्टार, विदुर, ढुंगे, त्रिशुली र कोलेनीसम्म फ्री होम डेलिभरी सेवा प्रदान गर्दै आइरहेको छ ।
होटल छेउमै त्रिशुली नदी भएर बग्दछ । नजिकबाटै त्रिशुली जलविद्युत केन्द्रको प्रत्यक्ष नियाल्न सकिनेछ । बौद्ध स्तुपा शिरैको डाँडामा रहेको छ । अगाडी वर्षाको समयमा वनदेवी मन्दिरको पाउ भएर ठुलै झरना बग्ने गर्दछ । नुवाकोटको पहिलो बजारको रुपमा रहेको त्रिशुली बजार नजिकैको दुरीमा रहेको छ । त्रिशुली पुलकै वरपर नेवार र मुस्लिम समुदायको बाहुल्यता रहेको छ ।

प्रतिक्रिया