+
Search

ताजा अपडेट +

पपुलर +

होटल व्यवसायी महासंघमा नुवाकोटका दुई सदस्य

nuwakot hotel member madhushudhan thapaliya sabin shrestha
डबली खबर
६ साल अगाडी

सुर्खेत – होटल व्यवसायी महासंघ नेपालको तेश्रो अधिवेशनबाट केन्द्रीय सदस्यमा नुवाकोट होटल व्यवसायी संघका अध्यक्ष तथा रिसाेन हाेटलका सञ्चालक मधुसुदन थपलिया केन्द्रिय सदस्यमा चयन भएका छन् । त्यस्तै, केन्द्रिय लेखासमिति सदस्यमा संघका सहसचिव तथा होटल यांग्राका सञ्चालक सविन श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

शनिवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न महासंघको तेस्रो महाधिवेशनले अध्यक्षमा हिराध्वज शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमिति निर्विरोध चयन भएको होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले जानकारी दिनुभयो।

महासंघको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार चुके, प्रशासनतर्फको उपाध्यक्षमा कृष्ण पाध्य, पर्यटन उपाध्यक्षमा ईमान्दु बराल, महिला उपाध्यक्षमा मिनादेवी गौतम, खुला उपाधयक्षमा इच्छा बहादुर वाग्ले, जनकबहादुर शाही, विश्वराज खनाल चयन भएका छन्।

समितीको महासचिव रिमञ्जन बटाला, कोषाध्यक्ष तिलकबहादुर कार्की, उपमहासचिव शेरबहादुर थापा, प्रशासन सचिव दीर्घमान गुरुङ, पर्यटन सचिव परमानन्द भण्डारी, खुला सचिवमा राजु अधिकारी, चन्द्र न्यौपाने, तुल्सीराम भण्डारी चयन भएका छन्। यस्तै कोषाध्यक्षमा मोदनाथ बेलवासे चयन भएका छन्।

महासंघको केन्द्रीय सदस्यमा भोलानाथ उप्रेती, बखतबहादुर विष्ट, कलम बम, भरकुमार भट्टराई, जनकबहादुर सिंह, दुर्गा बहादुर बस्नेत, भक्त बहादुर आरसी, ईन्द्र बहादुर शाही, उदय बहादुर शाही, गणेश कोईराला, विकास डिसी, राजेश महोत्रा क्षेत्री, गोपालप्रसाद गिरी, लालबहादुर खत्री, नारायण सेन वली लगायत ४४ जना केन्द्रीय सदस्यमा चयन भएका छन्।

यस्तै, महासंघको ११ सदस्यीय लेखा समिती पनि चयन गरिएको छ। राजकुमार प्याकुरेलको संयोजकत्वमा चयन गरिएको समितीमा नारायण बहादुर सिलवाल, देउमान योङहाङ, मोहिनीप्रसाद आचार्य, बाबुराम न्यौपाने, निलेशराज भण्डारी, युवराज भण्डारी, धनेश्वर भण्डारी, धनबहादुर बटाला र महेश कुँवर सदस्य रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ