चितवन – कुखुराको मासु र चल्लाको मूल्यमा आएको गिरावटलाई रोक्न नेपाल ह्याचरी उद्योग सङ्घले १० दिनसम्म देशभर चल्ला उत्पादन ठप्प पारेको छ ।
नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्ष टीकाराम पोखरेलले मङ्सिर २९ गतेदेखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न मेसिनमा सेट गरिएका अन्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढी उमेरका माउ प्यारेन्ट बिक्री गर्ने र पोल्ट्रीमा देखापरेका समस्या समाधानका लागि सहयोग गर्न सरकार र वित्तीय संस्थासँग पहल गर्ने निर्णयसमेत गरेको बताउनुभयो ।
देशभरका डेढ सयभन्दा बढी ह्याचरी उद्यमीको भेलामा उत्पादन बढी भएका कारण ह्याचरी सञ्चालकले चल्ला, कृषकले अन्डा र मासुको मूल्यसमेत पाउन नसकिरहेको अवस्थामा चल्ला उत्पादन रोक्नुपर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया