+
Search

ताजा अपडेट +

पपुलर +

भोलि विदुर नगर प्याब्सनका सबै विद्यालयमा सार्वजनिक विदा

डबली खबर
६ साल अगाडी

विदुर – विदुर नगरपालिकाभित्र सञ्चालित नगर प्याब्सनले निजी सबै विद्यालयमा सार्वजनिक विदा दिएको छ ।

नगर प्याब्सनका अध्यक्ष ताराबहादुर कार्कीले भोलि धान्यपूर्णिमा र योमरी पुन्हि परेकोले सार्वजनिक बिदा दिने निर्यण गरेको डबली खबरलाई जानकारी दिनुभएको छ ।

यस्तै, सरकारले नेवार र किराँती समुदायलाई बिहीबार सार्वजनिक बिदा दिएको छ । य:मरि पुन्ही, उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा यी पर्व मनाउने समुदायका लागि बिहीबार सार्वजनिक बिदा दिइएको हो।

सार्वजनिक बिदा घोषणा नगरे पनि सरकारले ती पर्व मनाउनेका लागि मात्रै बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले जानकारी दिनुभएको छ ।

क्यालेन्डर अनुसार नै सम्बन्धित जात, धर्म भूगोल भएकालाई मात्रै बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ