+
Search

ताजा अपडेट +

पपुलर +

घुसकाण्डमा मुछिएका सिडिओ मन्त्रालय तानिए

cdo dolakha ramechhap
डबली खबर
६ साल अगाडी

दोलखा-घुस काण्डमा मुछिएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई गृह मन्त्रालयले दोलखाको सिडिओको जिम्मेवारीबाट हटाएको छ।

प्रहरीले जिल्ला प्रशासनमा पेश गरेको दुई ओटा मुद्धाका प्रतिवादीहरुलाई धरौटीमा छाड्ने आदेश गर्दा उनिहरुका परिवारबाट सवा लाख रुपैंयाँ घुस लिएको घटना सार्वजनिक भएपछि गृह मन्त्रालयले शुक्रबार उनलाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। निर्णयको केही घण्टा अघि सिडिओ रिजालले शुक्रबारै जिल्ला छाडेका छन्। जिम्मेवारी खोसिए लगत्तै रिजाल मन्त्रालय तानिएका छन्।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले घुस प्रकरणमा प्रजिअ रिजालको नाम जोडिएपछि उनलाई जिम्मेवारीबाट हटाईएको जानकारी दिए। ‘अहिलेलाई उहाँको जिम्मेवारी खोस्ने निर्णय भएको छ, उहाँले जिल्लासमेत छोडिसक्नुभएको छ’ शर्माले भने – ‘यो पहिलो चरणको कारवाही हो, अब उहाँमाथी लागेका आरोपहरु बारे मन्त्रालयले छानविन सुरु गर्नेछ’।

-नागरिकन्युजबाट

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ