+
Search

ताजा अपडेट +

पपुलर +

चौघडामा बृहत सरसफाई

sarsafai likhu rural municipality
डबली खबर
६ साल अगाडी

लिखु – शुक्रबार लिखु गाउँपालिका वडा नम्बर ४ को चौघडामा बृहत सरसफाई कार्यक्रम भएको छ ।

वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा गड्खार पुलदेखि नचन डाँडासम्म संचालन गरेको सरसफाई कार्यक्रमको शुभारम्भ गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले गरेका थिए ।

“घर आँगन सफा राखौं, घर आँगनको खाल्टाखुल्टि पुरौं, सार्वजनिक स्थानमा दिसापिसाब नगरौं, घरबाट निस्कने फोहोर, डस्बिनमा राखौं, खेतीपातीमा विषादीको प्रयोग नगरौं, स्वच्छ पानी, सुख जिन्दगानी” जस्ता नाराहरु लगाउनुको साथै प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सरसफाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक/शिक्षिका, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीय क्लबका प्रतिनिधि रहेको वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका फोकल पर्सन रामचन्द्र अगस्तीले जानकारी दिएका छन् ।

लिखु गाउँपालिका र युएन ह्याबिट्याटको सहयोग तथा पुनर्जागरण समाज र डेकोन नेपालको सहजीकरण रहेको थियो ।

Cleanliness bidur

फोटो: सुनील श्रेष्ठ

त्यस्तै, शनिबार विदुर नगरपालिका वडा नम्बर-२, विदुर, डाँडाटोल (प्रशासन) मा वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय मितिको पहलमा सरसफाई भएको थियो ।

पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत नमुना वस्ती छनौट भएको घर आँगन, सार्वजनिक मार्ग, प्रशासन अगाडी, नुवाकोट उद्योग वाणिज्य संघ मार्ग, विदुर नपा-२ को कार्यालय मार्ग लगायतका स्थानहरुमा सरसफाई गरिएको वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका फोकल पर्सन सुनील श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ