विदुर – खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुवावट भइ आगोलागी हुँदा मृत्यु भएका विदुर नगरपालिका वडा नम्बर ८ डिहीबजारका साईला मिजारको परिवारले बिमा बापतको रु.१० लाख रुपैयाँ प्राप्त गरेका छन् ।
श्रीराम ग्याँस उद्योगका प्रबन्धक ज्ञानबहादुर नापितले मिजारको छोरी सुन्तली मिजार र छोराहरु राजु मिजार र कृष्ण मिजारको नाममा रहेको उक्त रकमको चेक प्रदान गरेको श्रीराम ग्यासका नुवाकोटका आधिकारीक बिक्रेता सत्य साई डिस्ट्रीब्यूटरका प्रोपाईटर राजु बोगटीले जानकारी दिनुभयो ।
उनको गत बैशाख १८ गते घरमा सिलिण्डरबाट ग्यास चुवावट भई आगोलागी हुँदा सख्त घाईते भएका थियो । उपचारको लागि जिल्ला (त्रिशुली) अस्पतालमा लागिएको थियो । उनको काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पतालमा थप उपचारको क्रममा गत वैशाख २१ गते मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिए । कोठामा रहेको सम्पूर्ण सामानहरु पूर्णरुपमा नष्ट भएको थियो ।

प्रतिक्रिया