+
Search

ताजा अपडेट +

पपुलर +

रसुवा कला यात्रा सुरु

rasuwa art venture dabali khabar
डबली खबर
६ साल अगाडी

रसुवा – सामाजिक संजालबाट जोडिएर हरेक शनिबार चित्रकला कार्यशाला गर्दै आएका समूह र स्थानीय कलाकारको संयुक्त आयोजनामा “रसुवा कला यात्रा” आजबाट सुरु भएको छ।

चित्रकलाका माध्यमबाट ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रको प्रचारप्रसारका साथै कला पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउँदै आएको काठमाडौंका कलाकारको समूहले यसपटक भने उपत्यकाबाहिर “रसुवा कला यात्रा” नाम दिएर चित्रकला कार्यशाला आयोजना गर्न लागिएको कार्यक्रम संयोजक दिवेश प्रधानले जानकारी दिनुभयो । कलायात्राका सहभागी कलाकारको टोली काठमाडौंबाट आज रसुवा आउँदै छन् ।

कलाकारहरुलाई आज नै रसुवा र नुवाकोटको सङ्गमस्थल ऐतिहासिक एवं धार्मिक तीर्थस्थल उत्तरगयाधाम, बेत्रावतीबजारको स्थलगत भ्रमण गराईने र शुक्रबार बिहान बेत्रावतीको सांस्कृतिक पर्व ठूलो (हरिबोधिनी) एकादशी मेलामा स्थलगत चित्रकला कार्यशाला गर्ने कार्यक्रम रहेको प्रधानले जानकारी दिएका छन्।

कात्तिक २३ गते शनिबार पहिलोपटक उपत्यकाबाहिर नियमित “शनिबारीय स्थलगत चित्रकला कार्यशाला” आयोजना हुनेछ। स्थानीयस्तरमा कलाकार शशीकुमार डङ्गोल र डिल्लीराम घिमिरेले संयोजक गरेको जनाइएको छ ।

कलाकारको टोलीले विगत एक वर्षदेखि उपत्यकाका विभिन्न धार्मिक, पुरातात्विक तथा ऐतिहासिक क्षेत्रमा पुगेर चित्रकला कार्यशाला गर्दै आईरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ