विदुर । आज विश्व पर्यटन दिवस । हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा पनि ‘सबैका लागि पर्यटन, पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्धन’ भन्ने नारासहित आज नुवाकोटमा अन्तरक्रिया कार्यक्रम गरि विश्व पर्यटन दिवस मनाईएको छ ।
कार्यक्रममा सांसद हितबहादुर तामाङले काठमाडौँबाट नुवाकोट भित्रने बालाजुबाट रानीपौवा हुँदै त्रिशुलीदेखि रसुवा जाने सडक, टोखा-छहरे सडक र गल्छी-त्रिशुली सडक ३ वटै सडकको अवस्था दयनिय रहेकोले भ्रमण वर्ष २०२० लाई प्रभाव पार्ने बताए । सम्बन्धित निकायको बेइमानीले सडक निर्माणको काममा ढिलाई हुन गएकोले कार्यन्वयन जोड दिनुपर्ने बताए । उनले भ्रमण बर्ष २०२० लाई सफल बनाउनको लागि स्थानिय क्षेत्रको प्रचारमा जोड दिन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा प्रदेश सांसद केशव पाण्डेले नुवाकोट जिल्ला प्रचुर संभावना बोकेको जिल्ला भएकाले लुकेर बसेका महत्वपुर्ण स्थलहरुका संरक्षण र प्रवद्र्धनको लागी पहल गर्नुपर्ने बताउनुभएको भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले भ्रमण बर्ष २०२० सफल पार्नको लागि र जिल्लामा विदेशी पर्यटक भित्र्याउन स्थानीय चलनचल्तिका भेषभुषा, भाषा-धर्म, प्रकृति र संस्कृतिले नै पर्यटकलाई आकर्षित गर्ने भएकाले त्यसको जर्गेना गर्नुपर्ने बताए ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नुवाकोटमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य र योजना रहेको होटल तथा पर्यटन व्यवसायी संघ ३ नं. प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताए । पर्यटन क्षेत्रको प्रवर्द्धन तथा भ्रमण वर्षलाई सफल बनाउन साना तथा मझौंला होटलहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा हाेटल तथा पर्यटन व्यवसायि संघ प्रदेश नं ३ काे प्रथम संस्था स्थापना दिवस पनि मनाईएको छ ।
पर्यटन विश्वकै ठूलो उद्योग हो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिसकेको छ । १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष मनाउने घोषणा गरेको हो । सन् २०२० मा जिडिपीमा पर्यटन क्षेत्रको योगदान हालको २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याउने लक्ष्य सरकारले लिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नुवाकोट जिल्लाको कल्चेडी दुप्चेश्वर, देवीघाट, भैरवी, दुप्चेश्वर सर्किट पर्यटकीय क्षेत्र नयाँ पर्यटकीय क्षेत्र छनौट भएको छ ।
नुवाकोटमा साततले दरबार क्षेत्र, ककनी, सुईरे चौर, घलेभञ्ज्याङ, चिसापानी, सामरी, चिम्टेश्वर महादेव, रानीपौवा लगायतका स्थानहरु प्रख्यात छन् ।

प्रतिक्रिया