विदुर । समुदाय प्रहरी साझेदारी अन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त आयोजनामा बाल यौन हिंसा र सडक सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।
विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको भैरवी एकेडेमीमा कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरु तथा शिक्षकशिक्षिकालाई बाल यौन ट्राफिक चिन्ह सूचक, ट्राफिक नियम, सडक दुर्घटना न्यूनीकरण लगायतको सडक सुरक्षा र बाल यौन हिंसा, लागूऔषध सम्बन्धी जानकारी गराएको छ । कार्यक्रममा बाल यौन हिंसा र सडक सुरक्षा सम्बन्धी बिभिन्न चेतनामुलक सामग्री र जानकारीहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईले र जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्र.ना.नि. कुलबहादुर कुँबरले सहजीकरण गरेका थिए।
प्रतिक्रिया