+
Search

ताजा अपडेट +

पपुलर +

तामाङ सञ्चार समुह धादिङको अध्यक्षमा पुन: बिमल तामाङ

journalist tamang samaj dhading
डबली खबर
६ साल अगाडी

धादिङ । तामाङ सञ्चार समुह धादिङको अध्यक्षमा पुन: बिमल तामाङ चयन भएका छन् । विगत पाँच वर्षदेखि जिल्लामै रहेर पत्रकारिता गरि रहेका तामाङ पत्रकारहरुको सञ्चार समुह गठन गरेको थियो ।

गत शनिबार समुहको विस्तारित भेलाबाट पुन: अध्यक्षमा बिमल तामाङ सर्वसम्मत चयन भएको हो । सञ्चार समुहको उपाध्यक्ष सन्दिप तामाङ, महिला उपाध्यक्षमा मेलिना तामाङ, सचिवमा सम्झना तामाङ, सह-सचिवमा निरबहादुर तामाङ र कोषाध्यक्षमा उपासना तामाङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सन्त तामाङ, सुशन तामाङ, सविना तामाङ, विपना तामाङ, सम्झाना स्याङताङ तामाङ, राजु तामाङ, माइकल तामाङ, मनिष तामाङ, विनुसा तामाङ चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ