+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा बहुउपयोगी राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी

santaman tamang national identity card interaction program nuwakot
डबली खबर
६ साल अगाडी

विदुर / नुवाकोटमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज विदुरमा आयोजना गरेको अभिमुखीकरणमा नागरिकको पूर्ण वैयक्तिक विवरण राख्न ‘राष्ट्रिय परिचयपत्र’काे तेस्रो चरण परिचयपत्र वितरण कार्य योजना अन्तर्गत नुवाकोटमा आगामी फाल्गुणमा हुने राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागका निर्देशक सुभास ढकालले जानकारी दिएका छन् ।

आगामी ३ वर्षभित्र तेस्रो चरणको कार्य योजना अनुरुप देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजनाका साथ कार्य भईरहेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले बहुउपयोगी राष्ट्रिय परिचयपत्र नागरिकको पहुँचमा सहज रुपमा वितरण हुनुपर्ने बताए । नागरिक जो कोहिको पनिव्य व्यक्तिगत घटना, सम्पत्ति लगायतको विवरण उल्लेख गरिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा विदुर नगरपालिकाका नगरप्रमुख संजु पण्डितले सरकारले प्रदान गर्ने प्रविधियुक्त सेवासुविधालाई नागरिक अंगिकार गर्दै लैजानुपर्ने बताए ।

कार्यक्रममा सरकारी निकाय, स्थानीयतहका जनप्रतिनिधि, संघसंस्था तथा राजनैतिक दलका प्रतिनिधिहरुसँग विभागले परिचयपत्र वितरणबारे सुझाव संकलन गरेको छ ।

परिचयपत्र पाएपछि नागरिकले सरकारी काम र सेवा लिनका लागि अन्य कागजात र परिचयपत्र बोकिरहनुपर्ने झन्झटको अन्त्य हुने बताइएको छ । राष्ट्रिय सुरक्षा, विकास व्यवस्थापन र राजस्व परिचयपत्र व्यवस्थापन प्रणालीलाई आबद्ध गरी महत्वपूर्ण सूचना औजारका रुपमा राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय परिचयपत्रको उपयोग गर्ने यो नेपालका लागि नयाँ प्रणाली हो ।

परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्ने जनाएको छ ।

यस्तै फाराममा दुई हातका १० वटा औंँला छाप, आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर संकलन गरी देशभरका अन्य विवरणसँग दाँजेरमात्र परिचयपत्र उपलब्ध गराईने जनाएको छ ।

अनलाइन प्रणालीबाट पनि फाराम भर्न

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ