+
Search

ताजा अपडेट +

पपुलर +

करेन्ट लागेर एकको मृत्यु

death body
डबली खबर
६ साल अगाडी

विदुर ।  विदुर नगरपालिका-९ खिङचेतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आफुले व्यवसाय गरेको कुखुराको पोल्ट्री फर्ममा तार सर्ट भई करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ।

बुधबार बिहान करिब १०:२५ बजेको समयमा कुखुरालाई दाना दिने क्रममा करेन्ट लागि घाईते भएका ३२ वर्षीय कृष्ण भुजेलको मृत्यु भएको हो।

सख्त घाइते उनको उपचारका लागि जिल्ला अस्पताल कोलेनीमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक पल्लीमगरले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ