+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय वृक्षारोपण दिवस: सुभिनियर बोर्डिंङको परिसरमा वृक्षारोपण

tree plantation santaman tamang chief guest
डबली खबर
६ साल अगाडी

विदुर / राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा बट्टारस्थित सुभिनियर बोर्डिंङको परिसरमा वृक्षारोपण गरिएको छ । “एक नागरिक एक फलफुल रोपण अभियान” मूल नाराका साथ डिभिजन वन कार्यालयले आयोजना गरेको हो ।

वृक्षारोपणका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले विश्व वातावरणमा आईरहेको भू-तापक्रम न्यूनीकरणको लागि वृक्षारोपण गरिनुपर्ने बताउनुभयो ।

दिवसको अवसरमा एभाकाडो, म्याकोडोना, आँप, लिची, कागती, अनार र धुपीका बोटहरु रोपिएको छ ।

त्यस्तै, ६८औं मदनजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन नुवाकोटले पनि विदुरमा वृक्षारोपण गरेको छ ।

सामुदायिक वन क्षेत्र तथा निजी जग्गाहरूमा देशभरका सबै स्थानमा शनिबार वृक्षारोपण गरेर मनाइएकाे छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ