+
Search

ताजा अपडेट +

पपुलर +

वक्तृत्वकलामा अर्किडका स्पर्श प्रथम

डबली खबर
६ साल अगाडी

विदुर  / नुवाकोटमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइयो ।

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रशासन कार्यलयको संयोजन तथा जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा विदुर नगरपालिकाको बट्टारदेखि जिल्ला प्रसाशनको कार्यालयसम्म प्रभातफेरी गरिएको थियो ।

प्रभातफेरीपछि कोणसभामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रणको लागि प्रहरी तथा सरोकारवालाको अहम भूमिका रहेको बताउनुभयो ।

जुन २६ को दिन मनाइने उक्त दिवस सप्ताहव्यापी मनाउनेक्रममा मंगलबार आयोजना गरिएको “लागुऔषध दुर्व्यसनले सामाजिक सुरक्षा, मानव स्वास्थ्यमा पार्ने नकरात्मक असर र यसबाट बच्ने उपाय” बिषयक वक्तृत्वकलामा अर्किड एकेडेमीका स्पर्श अधिकारी प्रथम, पृथ्वी माध्यामिक विद्यालयका सरला तामाङ द्वितीय र सुर्यज्योती एकेडेमीका स्विकृती तामाङ तृतिय भएका थिए । विजेताहरुले क्रमश: नगद पुरस्कार ५ हजार, ३ हजार र २ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

त्यस्तै, कारागारमा रहेका बन्दी कैदीहरुका लागि १ दिवसिय सचेतना, जनप्रतिनीधीहरुसँग लागूऔषध दुरुपयोग रोकथाम निती तर्जुमा सम्बन्धी जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

Image may contain: 7 people, people sitting, table and indoor

Image may contain: 12 people, people sitting, crowd and indoor

Image may contain: 6 people, people sitting

Image may contain: 11 people, people smiling, people standing and outdoor

Image may contain: 15 people, people smiling, outdoor

Image may contain: 4 people, tree and outdoor

Image may contain: 3 people, people standing and outdoor

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ