+
Search

ताजा अपडेट +

पपुलर +

एडियसएल सेवा अवरुद्ध

Nepal Telecom
डबली खबर
७ साल अगाडी

विदुर / नुवाकोट टेलिकमको एडीएसएल सेवा अबरुद्ध हुँदा ईन्टरनेट सेवाग्राही मर्कामा परेका छन् । बुधबार बिहानदेखि सो सेवा अबरुद्ध भएको हो ।

सेवा अबरुद्ध हुँदा सबैभन्दा बढी सरकारी कार्यालय, सञ्चारकर्मी र व्यवसायीहरु प्रभावित बनेका छन् ।

बेलकोटगढी नगरपालिकाको बुधसिंहस्थित राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारको क्रममा कामदारको हेलचेक्याईले गर्दा अप्टिकल फाइबर लाईन पटकपटक काटिँदा नेपाल टेलिकमको जिएसएम तथा इन्टरनेट सेवा अवरुद्ध भएको नुवाकोट टेलिकमका सूचना अधिकारी पुष्पराज लोहनीले जानकारी दिनुभयो ।

जिएसएम सेवा करिब ३० मिनेटमै पुनःसुचारु भएतापनि एडियसएल इन्टरनेट सेवा सञ्चालन आउन साँझ ५ बजेसम्म आउने लोहनीले जानकारी दिनुभयो । अप्टिकल फाइबरको मर्मतको लागि काठमाण्डौबाट प्राविधिक टोली त्यसतर्फ आउँदै गरेको लोहनीले जानकारी दिनुभयो ।

जेष्ठ र असारको पहिलो सातामा ४ पटक टेलिकमको सेवा अवरुद्ध भएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ