+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा इदुल्ल फित्रको रौनक, हेर्नुहोस् १० तस्वीर

eid al fitr trishuli nuwakot nepal muslim islam
डबली खबर
६ साल अगाडी

त्रिशुली / नुवाकोटका इस्लाम धर्मावलम्बीहरूले बुधबार ‘इद उल फित्र’ मनाईरहेका छन् । बुधबार साँझ चन्द्रमा हेरिएपछि एक महिना लामो रमदान पर्व (रोजा) पूरा गर्दै इद उल फित्र मनाउन लागिएको हो ।

एक महिना कठिन ब्रत गर्दै विभिन्न इस्लामिक ग्रन्थ पाठ गरी बस्ने प्रचलन रहेको मस्जीद संचालक तथा मुस्लीम धर्मगुरु मौलाना अब्दुल वहाब क़ासमीले जानकारी दिनुभयो । गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यो महिनाको व्यवस्था गरेको धर्मगुरु कस्मिरले बताउनुभयो ।

यो दिनमा पवित्र भई नयाँ नयाँ सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ ।  नमाजपछि ईदको बिषेश परिकार सेवईका साथै अन्य परिकारहरु खाएर शुभकामना सहित पाहुनाहरुलाई स्वागत गर्छन् ।

मुस्लिम समुदायको पवित्र पर्व इद उल फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएकोमा त्रिशुली मस्जीद संस्थापक अध्यक्ष अब्दुल करीमले खुशी व्यक्त गर्नुभयो। मन्त्रिपरिषद् बैठकले इद उल फित्रको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। मंगलबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै गृह मन्त्रालयले बुधबारका लागि बिदा दिएको हो। चन्द्रमाको अवलोकनपछि मात्र इद मनाउने दिन निश्चित हुने भएकाले बिहीबारका लागि तोकिएको बिदा बुधबार सारिएको हो। मंगलबार गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै बुधबारको बिदा निश्चित भएको औपचारिक जानकारी गराएको हो।

नेपाल सनातन निरुपक्षे देश भएतापनि मुस्लिम समुदायको मस्जिद संरक्षण, निर्माण सरकारले समान रुपले बजेट विनियोजन गरिनुपर्ने नमाज पढ्न आएका मुहम्मद रज़ा, मुहम्मद ज़या, जाफ़रुद्दीन लगायतले बताउनुभयो । सरकारले विनियोजन गर्ने  बजेटमा मुस्लिम विद्यालयलाई पनि अपेक्षित बजेट छुटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मुस्लिम समुदायको बाहुल्य रहेका नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौं, सुनसरी, मोरङ, सप्तरी, नुवाकोट लगायत देशभरिका विभिन्न जिल्लामा रौनक छाएको छ ।

“ईद”को अर्थ खुशियाली हो । रमजान सकिएको उपलक्ष्यमा खुशियाली मनाइएकाले यो पर्वको नाम ईद–उल–फित्र हुन गएको मुस्लिम अगुवाहरु बताउँछन् ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’मा उल्लेख छ ।

यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ ।

सो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । सोे दान पनि गरीबलाई नै दिइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ