काठमाण्डौ / गन्तव्य नेपाल साप्ताहिकको १५ औ बार्षिकोत्सव अवसरमा पत्रकार शिव देवकोटा “गन्तव्य नेपाल पत्रकारिता पुरस्कार २०१९”बाट सम्मानित हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तरगया दैनिक तथा नुवाकोट जागरण साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक देवकोटालाई पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासमा पत्रकारिताको माध्यमबाट योगदान दिनुभएकोले उक्त पुरस्कारबाट पुरस्कृत गर्नुभएको हो ।

त्यस्तै, सगरमाथा टेलिभिजनका बरिष्ठ समाचारदाता श्रीकृष्ण सुबेदी, शिवपुरी मिडिया नेटवर्कका रबिन प्रसाद थपलिया, शारदा प्रिन्टीङ प्रेसका भिम प्रसाद सापकोटलाई सम्मान गरिएको छ ।
प्रचण्डले नेपालको पर्यटन विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । अध्यक्ष दाहालले नेपालको वीवीधता बिश्वसामु आर्कषणको केन्द्र रहेको भन्दै पर्यटन क्षेत्र कहिल्यै अन्त नहुने र सम्भावना बोकेको क्षेत्र भएकाले यसको विकासमा नेपाल सरकार लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपालको पर्वतारोहण क्षेत्रमा छोटो समयमै किर्तिमान बनाउन सफल आरोही तथा सेभेन समिटिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पालाई टुरिजम म्यान अफ दि ईयर २०१९ अवार्ड प्रदान गरिएको छ । पर्यटन पत्रकारिता पुरस्कारबाट क्रमशः जगत बहादुर गुरुङ, सुबोध सिंखडा, युवराज श्रेष्ठ, दुर्गादत्त ढकाल, संगम शेर्पा, आशुतोस भण्डारी, तेम्बा लामा र नवराज श्रेष्ठलाई बिधागत पर्यटन पुरस्कार प्रदान गरिएको छ ।
सोसिएस सर्भिस लाईफ टाइम एचिभमेन्ट अवार्डबाट जगतबहादुर गुरुङ, योगा टुरिजम अवार्डबाट योगाचार्य डा. सुबोध सिंखडा, एक्सिलेन्ट प्रोडक्सन अवार्डबाट सिलिका सिमेन्ट एड्मिक्चरका रामकुमार अधिकारी, टुरिजम पर्सनालिटी अवार्डबाट युवराज श्रेष्ठ, टुरिजम अवार्डबाट टुर्गादत्त ढकाल, अर्गानिक एग्रो टुरिजम अवार्डबाट संगम शेर्पा, टुरिजम अवार्डबाट आसुतोष प्रधान, सजना त्रिपाठी, तेम्बा लामा, नवराज श्रेष्ठ र जावलाखेल ह्याण्डिक्राफ्टलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया