+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी थुनामुक्तपछि अध्यक्ष पुन:पक्राउ

डबली खबर
७ साल अगाडी

काठमाडौ / छुट अस्थायी करार शिक्षकहरुको आजदेखि सुरु भएको चौबीस घण्टे रिले अनशनमा प्रहरीले व्यापक दमन गरेको छ।

प्रहरीले बिहान पक्राउ गरेको छुट अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीसहित एक दर्जन शिक्षकलाई छोडेको पन्ध्र मिनेटमै काठमाडौको शान्ति बाटिकाबाट साझ पुनःपक्राउ गरेको छ ।

पकाउ पर्नेमा प्रदेश नम्बर ३ का संयोजक बहादुर वाईबा लामा लगायतका तेह्र शिक्षक रहेका छन । प्रहरीको यस प्रकारको दमनलाई संकटकालको छनक शैली महसुस गरेको भन्दै संघर्ष समितिका कोषाध्यक्ष अनिता थापाले तत्काल बिना शर्त रिहा गर्न माग गर्नुभयो ।

पुनःपक्राउ गरेको बिरोधमा सयौ शिक्षकहरुले नाराबाजी गर्दै यथासिघ्र रिहा गर्न माग गरेका छ्न ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ