+
Search

ताजा अपडेट +

पपुलर +

ट्याक्टरको ठक्करबाट एक घाईते

scooter accident in nuwakot bidur battar sangam chowk
डबली खबर
७ साल अगाडी

बिदुर / बिदुर नगरपालिका वडा नं २ को दम्कीमा बुधबार राती ट्याक्टरको ठक्करबाट एक जना घाइते भएका छन् ।

घाइते हुनेमा बि नपा-२ बिदुरका ५९ वर्षिय श्रीकृष्ण पण्डित रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।

संगम चोकस्थित बट्टारबाट बिदुर तर्फ जादै गरेको ना ३ त ४१०९ नं.को ट्याक्टर र सोहि दिशातर्फबाट जादै गरेको बा ७९ प २३७६ नं.को स्कुटर एक आपसमा ठक्कर खादा स्कुटर चालक पण्डितलाई ट्याक्टरमा रहेको रडले गाला र टाउकोमा घोची घाईते भई थप उपचारको लागि  काठमाण्डौको टिचिङ हस्पिटलतर्फ पठाईएको भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ