विदुर / “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” मूल नाराका साथ जेसिज नुवाकोटले बारा र पर्साका हावाहुरी पीडितका लागि आर्थिक सहायता सङ्कलन गरेको छ ।
बिपत्तिमा परेका पिडितलाई सहयोग गर्ने उद्देश्यका साथ आज बिहान बट्टारको राममन्दिरदेखि दम्कीसम्म नुवाकोट जेसिज र महिला मानव अधिकार रक्षक संजाल नुवाकोटको संयुक्त आयोजित आर्थिक राहत सङ्कलन कार्यक्रमबाट रु.५५ हजार रुपैया सङ्कलन भएको नुवाकोट जेसीज नुवाकोटका वर्ष २०१९ का अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभएको छ ।
सङ्कलन भएको सहयोग नुवाकोटका जिल्ला अधिकारी उद्दवबहादुर थापामार्फत् प्रदेश नम्बर २ काे हावाहुरि पिडितकाे लागि सहयाेग सङ्कलन गर्न खाेलिएकाे आधिकारिक खाता प्रदेश लेखा नियन्त्रक कार्यालयको खाता नम्बर १२२०५०३०००००० मा रकम जम्मा गरिएकाे अध्यक्ष पाठकले जानकारी दिनुभएको छ ।
नुवाकोट जेसिजको ध्यानाकर्षण
आर्थिक राहत सङ्कलन कार्यक्रमलाई “दैनिकी अनलाईनले समाचारलाई बंग्याएर आसन्न नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रमेश श्रेष्ठले चुनावी प्रचारनै छाडेर सहयोग सङ्कलनको लागि हिडेको भनि प्रकाशन गरेको समाचारप्रति ध्यानाकर्षण भएको छ ।” नुवाकोट जेसिजको विज्ञप्तिमा उल्लेख गरेको छ ।
“मानव सेवाका लागि संचालित अभियानलाई राजनीतिक रङ्ग दिने र अनावश्यक जस लिने जस्ता गलत प्रवृत्तिले मानव सेवाको क्षेत्रमा लागेकाहरुलाई बिचलित बनाउने दुष्प्रयास भएको छ तसर्थ यस सम्बन्धि समाचारहरु भ्रामक भएको र यस्ता समाचारहरुमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौ” भनि भनिएको छ ।


प्रतिक्रिया