विदुर / प्रथम नुवाकोट फुटसल कपमा आयोजक समुहका नुवाकोट मदिरा व्यवसायी “ए” विजयी भएका छन् ।
शनिबार भएको फाइनल खेलमा नुवाकोट मदिरा व्यवसायी “ए” विरुद्ध कोलनी युथ क्लब बिच भएको खेलमा ४-३ ले आयोजक समुहका नुमव्य “ए” विजय भए । खेलमा नुवाकोट मदिरा व्यवसायी “ए” का रामबहादुर ठाकुर म्यान अफ द म्याच भए । नुमव्य “ए” तर्फ सन्तोष थापा र मोहन गुरुङले २/२ गोल गरेर टिमलाई विजयी गरेका हुन् । त्यस्तै, कोलनीतर्फ विकास थापामगरले २ र धन तामाङले १ गोल गरेका थिए । प्रतियोगितामा विजयीले रु ५० हजार, द्वितीयले रु३० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र विदुर नगरपालिकाका प्रमुख सञ्जु पडिण्तले प्रदान गरेका छन् ।


गौरीबेंशी युथ ग्रुप र इनारपाटी युथ क्लब बिच भएको सेमीफाइनलमा खेलमा ६-५ को स्कोर गर्दै गौरीबेंशीले तृतीय स्थान प्राप्त गरे । गौरीबेंशीतर्फ सन्तोष भुजेलले १, अमृत तामाङले २ र रुपेश प्याकुरेलले ३ गोल स्कोर गरेका थिए । त्यस्तै, इनारपाटीतर्फ प्रदिप हमाल र सुशान्त खतिवडाले २/२ र धिरज सापकोटाले १ गोल गरेका थिए । तृतीयले रु१० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।


प्रतिक्रिया