विदुर, नुवाकोट / नुवाकोटका उद्योगी व्यवसायीहरूको छाता संगठन नुवाकोट उद्योग वाणिज्य संघको १६औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनमा यहि चैत २२ र २३ गते हुने भएको छ ।
संघको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि संघका वर्तमान कार्यसमितिका अध्यक्ष ताराबहादुर कार्की र संघका पूर्वउपाध्यक्ष रमेश श्रेष्ठको दुई प्यानल निर्वाचनमा भिड्ने भएको छ ।
कार्की अध्यक्ष प्यानलमा गीता अमात्य, राजेन्द्र श्रेष्ठ, कृष्ण अधिकारी (बेलबोटे), जीवन श्रेष्ठ, सन्तोष उप्रेती, दिनेश श्रेष्ठ, उपेन्द्र बुढाथोकी, सविन राजभण्डारी, नीरज खड्गी, लिस्ना प्रधान श्रेष्ठ उम्मेदवार रहेका छन् ।
रमेश श्रेष्ठ अध्यक्ष प्यानलमा रामकृष्ण राजभण्डारी, शैलेन्द्र श्रेष्ठ, दीपक कायस्थ, राजु बोगटी, राजाराम अधिकारी, लिडर श्रेष्ठ, उसनमान श्रेष्ठ, नवीन्द्रमान प्रधान, सञ्जीवबहादुर श्रेष्ठ, शान्ति प्रधान, सोनाम लामा रहेका छन् ।
अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रवक्ता, महिला सदस्य ३ जना, वस्तुगत सदस्य २ जना र ९ जना खुला सदस्यसहित २२ जनालाई चयन गर्नेछन् ।
संघमा अहिले १ हजार ८ सय १८ जना सदस्य रहेका छन् । अधिवेशनमा मतदानको लागि संघको विधानअनुसार नवीकरण गर्ने सदस्यहरुले मात्र अधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया