विदुर / नुवाकोटको ऐतिहासिक साततले दरवार राष्ट्रिय संग्राहलय संघ (केन्द्र) सरकारको मातहतमा राखिने भएको छ ।
मन्त्रिपरिषदको निर्णय अनुसार सरकारले नुवाकोट दरबार हेरचाह कार्यालय तथा संग्रहालयलाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको हो । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले दुबै संग्रहालयसहित मनकामना क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समितिलाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरिएको बताए । यसअघि नुवाकोट दरवारसहितका संरचनालाई स्थानीय तह अन्तर्गत राखिएको थियो ।
मन्त्री बास्कोटाकाअनुसार पाल्पा दरबार संग्रहालयलाई प्रदेश नं ५ अन्तर्गत र शहीद स्मारक प्रकृति प्रतिष्ठान, थानकोटलाई प्रदेश नं ३ अन्तर्गत राखी व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया