+
Search

ताजा अपडेट +

पपुलर +

पर्यटनमन्त्री अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा

prime minister office nepal
डबली खबर
७ साल अगाडी

काठमाण्डौ / नेपाल सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि बिहिबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइने र राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

आज दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ