+
Search

ताजा अपडेट +

पपुलर +

सहकारी रकमलाई विकास निर्माणमा लगाउनुपर्ने: मुख्यमन्त्रि पौडेल

inauguration of sangam saving and credit cooperative from chief minister dormani poudel
डबली खबर
७ साल अगाडी

विदुर / प्रदेश नं. ३ का मुख्यमन्त्रि डोरमणी पौडेलले संगम सहकारीको साधारणसभा तथा नवनिर्मित भवन संगम प्लाजाको मंगलबार उद्घाटन गर्दै सहकारीमा भएको रकमलाई विकास निर्माणमा लगाउन सके सम्वृद्द नेपाल निर्माण गर्न सकिने बताउनुभएको छ ।

सहकारीको १४औँ साधारणसभा तथा कार्यालय भवनको उद्घाटन गर्दै उक्त धारणा व्यक्त गर्नुभएको हो । मुख्यमन्त्रि पौडेलले सहकारी मर्जरलाई लक्षित गर्दै दुईभन्दा बढी सहकारी बीचको समन्वयमा संयुक्त लगानी गरी आर्थिक सम्वृद्धिमा लाग्नुपर्ने बताउनुभयो । सहकारीमा भएको पुँजीलाई बजारीकरण गर्ने, उत्पादनमुखी कार्यमा लगानी गर्ने कार्यमा लगाउन नसके सहकारी केवल बचत गर्ने, व्यक्तिगत अवश्यकता पूर्ति गर्ने माध्यम हुने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभासदस्य बद्री मैनाली, केशव पाण्डे, हिरानाथ खतिवडा, आशामाया तामाङ, विदुर नगरपालिकाका प्रमुख संजु पण्डित, जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठ,  राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

साधारणसभामा उत्कृष्ट कारोबार गर्ने ऋणतर्फ एकबहादुर नेपाली, निक्षेप बचततर्फ सुरज प्रधान र संगम बाबुनानीतर्फ सुप्रिम थापामगरलाई नगदसहित सम्मान गरेको थियो । सहकारीको आयोजना भएको जिल्लास्तरीय अन्तर विद्यालय संगम नृत्य प्रतियोगिता २०७५ का प्रथम ब्रिलियन्ट एकेडेमी, दोस्रो स्पार्कल इन्टरनेशनल स्कुल, तृतीय अर्किड एकेडमी र सान्त्वना कल्याणकारी विद्या मन्दिरलाई नगदसहित सम्मान गरेको थियो ।

corporate building of sangam saving & credit cooperative society limited

२०५३ सालमा स्थापित सहकारीले अबदेखि आफ्नै भवनबाट सेवा प्रदान गरिने सहकारीले जानकारी दिएको छ । विदुर नगरपालिका-४ बट्टार दम्कीमा बनेको भवनमा व्यवसायिक प्रयोजनको लागि पनि प्रयोग गर्न सकिने उदेश्य अनुरुप भवन निर्माण गरिएको सहकारीले जनाएको छ ।

सहकारीको अहिले ३ सय ४० शेयरधनी र करिब १ हजार सदस्य रहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ