विदुर / सानिमा बैंकले नेपालमै पहिलो पटक थ्री इन वान खाता सञ्चालन नुवाकोटमा पनि सञ्चालनमा आएको छ । हालसम्म ४० जना सेवाग्राहीले सुविधा लिएको सानिमा बैंक शाखा कार्यालय नुवाकोटका म्यानेजर भोलाराज पन्तले जानकारी दिनुभयो ।
बैंकले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै उक्त सेवा सञ्चालनमा ल्याएको हो । सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि ठाउँबाट इन्टरनेट मार्फत विना कुनै झन्झट शेयर कारोबार गर्न सक्नेछन् । साथै, शेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउन नपर्ने बैंकले जनाएको छ ।

बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा उक्त सेवा प्रदान गरेको हो । साथै यसका लागि सानिमा क्यापिटलले शेयर ब्रोकर कम्पनीहरु सँग थप सहकार्य गरेको छ । ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट डब्ल्यु डब्ल्यु डब्ल्यु डट सानिमा बैंक डटकममा लगइन गरी नेपालभरी रहेका कुनै पनि शाखाबाट सो खाता सञ्चालनका लागि निवेदन दिन सक्ने बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले जानकारी दिए । सम्पूर्ण व्यक्तिगत ग्राहकहरुले यो सुविधा प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया