तारकेश्वर । तारकेश्वर गाउँपालिका–५ गोर्स्याङग कल्लेरीडाँडास्थित शंखादेवी माविले ४३ औं वार्षिकोत्सव मनाएको छ ।
सोमबार भएको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथी सांसद नारायाणप्रसाद खतिवडाले विद्यालयको शैक्षिक, भौतिक विकासको लागि सधैं सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले विद्यालयको शैक्षिक उन्नयनको लागि सहयोग गर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, नेपाली कांग्रेसका जिल्ला सदस्य सुनमाया तामाङ, नेपाली कांग्रेसका नेता चोकराज शाक्य, नेकपा जिल्ला सदस्य उषाकिरण अधिकारी, विदुर नपा वडा नं. ६ का वडाअध्यक्ष राजु सडौला, तारकेश्वर गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष ज्ञानेन्द्र तामाङ, वडा नं. ५ का वडाअध्यक्ष चुडामणि गजुरेल लगायतले शुभकामना राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोरख तामाङले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न छात्रवृत्तिहरु प्रदान गरिएको थियो । विद्यार्थीहरुले विभिन्न गीतहरुमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कक्षा १२ सम्म अध्यापन हुँदै आएको यो विद्यालयमा ४ सय ६० जना विद्यार्थी अध्ययनरत छन् ।
समारोहमा आएका कलाकार राजा राजेन्द्रले गोर्स्याङगवासीलाई हसाँएका छन् । नेपाली हाँस्यकलाकारहरुबीच बेग्लै पहिचान बनाएका राजा राजेन्द्रले नुवाकोटमा आएर पेट मिचिमिची हसाएका छन् ।
प्रधानन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसम्मको स्वरको नक्कल गरेर हँसाएका कलाकार राजा राजेन्द्रले समसामयिक विषयमा पनि विभिन्न व्याङ्ग्य गरी हँसाएका थिए । युवा पुस्ताको मोबाइल मोहदेखि राजनीनिक बेथिती र सामाजिक बेथितीहरुमाथि पनि राजा राजेन्द्रले व्यङ्ग्य प्रहार गरेका थिए ।
कार्यक्रममा अर्का कलाकार दामोदर खतिवडाले भने विथार्थी, शिक्षक अभिभावकहरुलाई नचाएका थिए । आफ्ना आषर्कक गीतहरु गाएर कलाकार खतिवडाले साँझअबेरसम्म दर्शकलाई नचाउन सफल भए ।
प्रतिक्रिया