+
Search

ताजा अपडेट +

पपुलर +

अपाङ्गता भएका व्यक्तिसँग दारी ग्याङले मनायो तेस्रो वार्षिकोत्सव

डबली खबर
७ साल अगाडी

विदुर / दारी ग्याङ नुवाकोटले सोमबार तेस्रो वार्षिकोत्सव अपाङ्गता भएका व्यक्तिलाई फलफुल वितरण र खिर खुवाएर मनाएको छ ।

वार्षिकाेत्सवकाे अवसरमा विदुर नगरपालिका-५ माझिटारमा रहेको बौद्धिक प्रारम्भिक विद्यालय (बौद्धिक अपाङ्गता दिवा हेरचाह केन्द्र) मा रहेका २४ अपाङ्गता भएका विद्यार्थीहरुलाई फलफुल र खिर खुवाएको हो ।

कार्यक्रमलाई सफल बनाउन ग्याङका सदस्य सोनाम नेपालले फलफुल सहयोग गरेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा दारी ग्याङका सदस्यहरु दिपक ठकुरी, लिओ सुरज लगायतको उपस्थित रहेको थियो ।

युवाले सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले दारी ग्याङ सामाजिक समुह गठन भएको समुहले सामाजिक कार्यमा अग्रसता दिदै आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ