+
Search

ताजा अपडेट +

पपुलर +

घर भत्किएर वृद्धको मृत्यु

death body
डबली खबर
७ साल अगाडी

झिल्टुङ, बेलकोटगढी / नुवाकोटको बेलकोटगढी नगरपालिका-७ खालडाँडास्थित एक घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ ।

बिहान करिब ३ बजेर २० मिनेट जाँदा ढूङ्गाले छाएको एकतले घर भत्किँदा घरधनी कप्तान लामा वर्ष ८५ को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । भूकम्पले चर्किएको घर भत्किएर च्यापुवामा परि वृद्धको मृत्यु भएको हो ।

घर भत्किँदा छोरा शुक्रबहादुर लामा वर्ष ५२ को घाइते भएको  र ३ वटा बाख्रा पुरिएको३ वटा बाख्रा पुरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ