+
Search

ताजा अपडेट +

पपुलर +

बुद्धभुमि हाइड्रोपावरद्वारा घ्याङफेदि दुर्घटना पिडितलाई आर्थिक सहयोग

ghyanphedi accident help program buddhabhumi hydropower nuwakot
डबली खबर
७ साल अगाडी

शिवपुरी / बुद्धभुमि हाईड्रोपावर कम्पनीले दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदिमा भएको मिनिट्रक दुर्घटना परि घाईतेहरुको उपचारको लागि ५० हजार रुपैंयाँ सहयोग गरेको छ ।

उक्त कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले गाउँपालिका अध्यक्ष योविन्द्रसिङ तामाङलाई सहयोग चेक हस्तान्तरण गर्नुभएको छ ।

गत मंसिर २८ गते दुप्चेश्वर गाउँपालिका-६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको थियो । उक्त घटनामा ३ महिला र १७ जना पुरुषको मृत्यु भएको थियो ।

घाईते भएकालाई उपचारमा सहयोग जुट्नेक्रम जारी रहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ