दुप्चेश्वर / ग्याँस सिलिन्डरमा आगलागी हुँदा नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ बङगेसल्लामा एक घर जलेर नष्ट भएको छ ।
गएराति भएको आगलागीमा स्थानीयवासी सुदीप केसीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आगलागीमा परेर केसीको घर र घरमा रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट हुनुका साथै घरसँगै रहेका किराना पसलमा समेत ५० हजार रुपैयाँ, एक तोला सुन र पसलको खुद्रा सामान गरी ४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया