किस्पाङ / जन्मभूमि कृषि सहकारी संस्थाकाे पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
किस्पाङ गाउँपालिका-५ अर्चलेमा स्थापित सहकारीकाे अध्यक्ष कुलकुमारी भट्टकाे सभापतित्वमा भएको साधारणसभा उद्घाटन प्रदेश सभासद् एवं सांसद हिरानाथ खतिवडाले गर्नुभएको थियो ।
सहकारीको कुल चुक्ता शेयर पुँजी २ लाख ४९ हजार, कुल बचत संकलन ८ लाख १३ हजार ३ सय २५, आव २०७४/७५ को संकलन १ लाख ५२ हजार १ सय ९० र कुल ऋण लगानी ११ लाख ४९ हजार १ सय रहेको छ ।
उद्घाटन समारोहमा नेपाल कम्युनिस्ट पार्टीका यमकुमार खाती, किस्पाङ गाउँपालिका-५ का वडाध्यक्ष नरहरि भट्ट लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया