विदुर / आगामी फाल्गुण १६ गतेदेखि २६ गतेसम्म प्रदेश नं. ३ को प्रथम नुवाकोट जिल्लास्तरीय आदिवासी महोत्सव २०७५ हुने भएको छ । महोत्सवमा करिब ७ करोडको कारोबार हुने र दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सव विदुर नगरपालिका-४ स्थित बट्टार बसपार्क बालुवाटारमा हुनेछ ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् नुवाकोटले आज पत्रकार सम्मेलन गरि पर्यटन, उद्योग, व्यापार, कृषिमा विकास गरि आर्थिक समृद्धि र मनोरञ्जन, प्रथम नुवाकोट जिल्लास्तरीय आदिवासी महोत्सवमा लोपोन्मुख भाषा, सांस्कृतिक भेषभुषाको जातीय पहिचानसहितको महोत्सव हुने जनाएको छ ।
महोत्सवमा जिल्लास्तरीय नृत्य आईडल, झाँकी तथा सांस्कृतिक पहिचान प्रदर्शनी, साहित्यिक प्रस्तुति तथा जिल्लास्थित कलाकारहरुको प्रतिभालाई जोड दिईने रहेको छ ।
महोत्सवबाट आदिवासी जनजातिको बहुउद्देशीय सामुदायिक भवन निर्माणलाई निरन्तता, भेषभुषा, कला संस्कृतिको प्रबर्द्धन, साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने लगायतको उदेश्य रहेको आयोजकले जनाएको छ । महोत्सवले समग्र आर्थिक, सामाजिक, सांस्कृतिक तथा जिल्लामा उत्पादित वस्तुलाई उद्योग व्यापार शिक्षा, कृषि र पर्यटनको प्रवर्द्धन गर्ने रहेको छ ।

प्रतिक्रिया