+
Search

ताजा अपडेट +

पपुलर +

एनसीसीआईद्वारा प्रहरी प्रमुखको स्वागत (भिडियोसहित)

sp krishna bahadur palli magar welcome program
डबली खबर
७ साल अगाडी

विदुर / नुवाकोट उद्योग वाणिज्य संघ (एनसीसीआई) ले प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरलाई स्वागत कार्यक्रम गरेको छ ।

जिल्लामा आएका जिल्लास्तरीय कार्यालय प्रमुखहरुको स्वागत गर्ने संघको परम्पराको निरन्तरता दिँदै जिल्ला प्रहरी प्रमुख मगरको स्वागत गरेको हो ।

संघका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षतामा भएको स्वागत् कार्यक्रममा प्रहरी प्रमुख मगरले कानुनभन्दामाथि कोहि पनि नरहेको र व्यवसायीले पनि कानुनको परिधीभित्र रहेर व्यवसाय गरे प्रहरीको संधै साथ रहने बताउनुभयो । शान्ति सुरक्षा कायम गर्न व्यवसायीसँग सहकार्य गरेर आफू अघि बढ्ने मगरले बताउनुभयो ।

कार्यक्रम सधैँ कार्यालयकै भवनमा हुने गरेको तर यसपाली बट्टारस्थित कभर्डहलमा गरिएकोले पदाधिकारी र व्यवसायीहरुको उपस्थित स्टेजमै सिमित रहेको एक पदाधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ