+
Search

ताजा अपडेट +

पपुलर +

सारथी सहकारीको अध्यक्षमा गोकर्ण रोक्का

saarathi cooperative sarathi sahakari nuwakot
डबली खबर
७ साल अगाडी

विदुर / सारथी बचत तथा ऋण सहकारीको छैठौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट अध्यक्ष पदमा गोकर्ण रोक्का सर्वसम्मत चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा शान्ति गुरुङ, सचिवमा बासुदेव खड्का, कोषाध्यक्षमा राजकुमार नगरकोटी, सदस्यमा सावित्री बोगटी भट्ट, अशोककुमार डंगोल, अम्बिका उप्रेती, सबिन श्रेष्ठ र मनिष श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रममा सहकारीका अध्यक्ष निर्मल बस्नेतले सहकारीको वार्षिक प्रतिवेन तथा भावि कार्ययोजनाहरु प्रस्तुत गर्नु भएको थियो । सहकारीका कोषाध्यक्ष राजकुमार नगरकोटीले अर्थिक वर्ष २०७४/७५ को आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।

यसैगरी हिजो सहकारीको आयोजनामा भएको “वैदेशिक लगानीभन्दा स्वदेशी लगानी वेश” विषयक नगरस्तरीय अन्तर विद्यालय वादविवाद प्रतियोगितामा ओम माने पब्लिक स्कुलका अरुणा प्याकुरेल प्रथम, पृथिवी माविका रश्मी पनेरु द्वितीय, अर्किड एकेडेमीका बंशीधर न्यौपाने तृतीय भएका थिए । त्यस्तै, भैरवी एकेडेमीका दुर्गा गिरीले सान्त्वना प्राप्त गरेका थिए । विजयी हुने प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार नगद प्राप्त गरेका छन् । पुरस्कार राशी र प्रमाणपत्र भोलि शनिबार हुने साधारणसभामा प्रदान गरिने सहकारीका अध्यक्ष निर्मल बस्नेतले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा विदुर नगरपालिकाभित्रका ४ सरकारी र १२ निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको सहकारीका व्यवस्थापक तथा कार्यक्रम संयोजक सुदिप श्रेष्ठले जानकारी दिनुभएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ