+
Search

ताजा अपडेट +

पपुलर +

निर्मलाका लागि न्याय माग्दै विद्यार्थीद्वारा प्रदर्शन (फोटो फिचर)

डबली खबर
७ साल अगाडी

विदुर /  त्रिभुवन त्रिशुली बहुमुखी कलेजका विद्यार्थीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै प्रदर्शन गरेका छन् ।

आज बुधबार निर्मलाका लागि न्यायको माग गरिएको पम्पलेट र ब्यानरसहित नाराबाजी गर्दै विद्यार्थीहरु क्याम्पस परिसरबाट त्रिशुली बजार हुँदै ढुंगेसम्म प्रदर्शन गरी कोणसभा गरेको छ।

उनीहरुले भ्रष्टचारी सरकार, कहिले रोक्छस् बलात्कार !, महिलाहिंसा बन्द गर!, प्रमाण नष्ट गर्ने प्रहरीलाई कारबाही गर!, नालायक सरकार मुर्दावाद, न्याय दिन नसक्ने गृहमन्त्री राजिनामा दे!, निर्मलाको परिवारलाई न्याय दे!, निर्मलालाई न्याय दे ! दे !! दे !!! जस्ता नारा लगाएका छन् ।

यसैबिच नेपाल प्रहरी र विदुर नगरपालिकाकाको संयुक्त आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पसदेखि विदुरसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतना मुलक र्‍याली कार्यक्रम गरिएको छ । र्‍यालीमा नगर उप-प्रमुख गीता दाहाल, नुवाकोट उद्योग वाणिज्य संघका गीता अमात्य, महिला अधिकारकर्मी, नागरिक समाज लगायत सोभिनियर बोर्डिंङ, त्रिशुली सामुदायिक बोर्डिंङ, अर्किड एकेडेमी, त्रिशुली नर्सिङ क्याम्पस, आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ