विदुर / माता मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आव २०७४/७५ मा कुल नाफा रु १ करोड १३ लाख ९९ सय हजार ६ सय १३ रुपैँया भएको छ ।
सहकारीको पाँचौ वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष नविनकृष्ण राजभण्डारीले संस्थाको शेयर पूंजी रु. ९६ लाख ५२ हजार ८ सय रहेको बताउनु भएको छ । आगामी आव २०७५/७६ मा सहकारीको कार्यक्षेत्र विस्तार गरिने, कार्यालय भवनको लागि जग्गा खरिद गर्ने योजना रहेको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।
सहकारीका शेयर सदस्यका छोराछोरी मध्ये एसइई परीक्षामा उत्कृष्ट हुने रिया बोगटी, प्रावितहमा उत्कृष्ट विद्यार्थी ब्रिलियण्ट एकेडेमीमा अध्यनरत छात्रा आस्था कलवार र कल्याणकारी विद्यामन्दिर विदुरका छात्र अस्विन उप्रेतीलाई सम्मान गरिएको सहकारीका सचिव सन्तोष उप्रेतीले जानकारी दिनुभयो ।
सहकारीले उत्कृष्ट बचतकर्तामा सुशील रिजाल, उत्कृष्ट ऋणी प्रेमलाल श्रेष्ठलाई सम्मान गरेको छ ।

प्रतिक्रिया