+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रसेवक कर्मचारी समाजको अध्यक्षमा तामाङ

डबली खबर
७ साल अगाडी

शिवपुरी, नुवाकोट / नुवाकोट जन्मथलो भएका विभिन्न सरकारी सेवामा जिल्ला बाहिर कार्यरत कर्मचारीहरुको साझा संस्थाको रुपमा रहेको “राष्ट्रसेवक कर्मचारी समाज” को तेस्रो साधारणसभाले रुद्रसिंह तामाङलाई अध्यक्षतामा चयन गरेको छ ।

शिवपुरी गाँउपालिका-६ सूइरेचउरमा सम्पन्न साधारणसभाबाट तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा द्वय उदयबहादुर राणा र कृष्णप्रसाद पुडासैनी, सचिवमा केशरबहादुर पण्डित, सहसचिवमा राजु प्याकुरेल र कोषाध्यक्षमा ज्ञानबहादुर अधिकारी, सदस्यहरुमा जंगबहादुर अर्याल, माधव शर्मा, सन्तु श्रेष्ठ, सुरज अर्याल, विष्णुहरी रेग्मी, भीमबहादुर रोका, बुद्धिराज खड्का, बद्रीप्रसाद अर्याल, कृष्णराज खतिवडा, नारायण श्रेष्ठ र गोपी अधिकारी रहेको छ ।

Image may contain: 6 people, outdoor

समाजको सल्लाहकारमा यसअघिका अध्यक्ष रहनुभएका डा.केदारनरसिंह केसी, तुलसीप्रसाद सिटौला, बासुदेव गुरागाईं, सुदर्शन भण्डारी र रेशमबहादुर पाण्डे रहेको छ ।

Image may contain: 7 people, people sitting

 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ