शिवपुरी, नुवाकोट / शिवपुरी गाउँपालिका-७ सु्नखानीस्थित कुम्भेश्वर माध्यमिक विद्यालयका २ सय ५३ विद्यार्थीहरुलाई न्यानो कपडा सहित करिब रु.४ लाखको सामाग्री वितरण गरिएको छ ।
मलेसियाबाट नेपाल भ्रमणमा आएका २६ जना मलेसियन योगा समुहका सदस्यहरुले विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई ज्याकेट, स्कुल व्याग, टोपी, कलम र विद्यालयको लागि ४ थान ल्यापटप र १ थान प्रिन्टर वितरण गरिएको मलेसियन समुहका नेपाली सहयोगी ज्ञानबहादुर श्रेष्ठले बताउनुभयो । आफु यस ठाँउमा घुम्न आउँदा भुकम्पले विद्यालयको दुराबस्ता बनाएको देखेर आफुले आफ्नो मलेसियन साथीहरुलाई सहयोगका लागी अपिल गरिएको पाल्पाका बाबुराम कार्कीले बताउनु भयो ।

विद्यालयमा ७० प्रतिशत तामाङ तथा दलित विपन्न समुदायका विद्यार्थी अध्ययन गर्दछन । सहयोगले विद्यार्थी तथा अभिभावकमा राहत मिलेको विद्यालयका प्रध्यानाध्यापक राजनप्रसाद थपलियाले बताउनुभयो ।
आफुलाई नेपालीहरु राम्रो लागेको र पछिका दिनमा पनि नेपाल आउने र नेपाली विद्यार्थीहरुलाई सहयोग गर्ने मलेसियन टिमका सदस्य किङ्ग वान लिङ्गले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका विद्याथीहरुले सांस्कृतिक नाच, गायनले मनोरञ्जन गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरप्रसाद पाण्डे, शिवपुरी गापा-७ का वडाध्यक्ष माधवप्रसाद भेटवाल लगायतको उपस्तिथी रहेको थियो ।
प्रतिक्रिया