नुवाकोट / पन्चकन्या गाउँपालिका-५ चुहानडाँडाका ३५ वर्षीय युवा लक्ष्मण सिटौला घरबाटै बेपत्ता भएका छन् ।
गत कार्तिक २५ गते साँझ खाना खाएर सुतेका सिटौला घरबाटै बेपत्ता भएको उनका दाजु बलराम सिटौलाले बताउनुभयो।
गाउँ घरमै मजदुरी गर्दै आएका सिटौला अत्यन्तै सोझा प्रवृत्तिका रहेको परिवार स्रोतले जनाएको छ । गहुँगोरो वर्ण, चप्पल नलगाएको, कालो ट्र्याक सुट लगाएको अन्दाजी ५ फिट उचाई भएको बेपत्ता सिटौलालाई जो कसैले भेटे फोन नम्बर ९८६३-२२०२६१ र ९८४९-१०५२९६ मा सम्पर्क गरि सहयोग गर्न परिवारले जनाएको छ ।
बेपत्ता भएका सिटौलाको खोजी कार्य तीव्र भइरहेको इलाका प्रहरी कार्यालय, पन्चकन्याले जनाएको छ ।

प्रतिक्रिया