विदुर / गजल वाचन कार्यक्रम “गजल मुशायरा” को नवौं संस्करण आगामी कात्तिक २० गते नुवाकोटको विदुरमा हुने भएको छ ।
अष्ट्रेलियाको सिड्नीमा सन् २०१४ देखि गजलप्रेमीहरुले सुरुवात गरेको गजल वाचन नुवाकोटमा थालनीसंगै नेपालमा भित्रिने गजल मुशायरा नुवाकोटका कार्यक्रम संयोजक ईश्वर पौडेलले जानकारी दिनुभयो ।
‘गजल मुशायरा’ मा गजल वाचनतर्फ प्रभाती किरण, पुरु लम्साल, कपिलदेव खनाल, जयदेव गोविन्द, आशिक भट्ट, ईश्वर पौडेल, कविन्द्र घिमिरे, मनु विद्रोही, प्रमिला परि, पुस्कर अधिकारी, श्रीधर पाण्डे, राजकुमार पुत्ला, सुमित्रा सुमि, देउती दीर्घायु र माधव घिमिरे रहेका छन् ।
गजल गायनतर्फ सुशील सिंह ठकुरी, बैकुण्ठ अधिकारी, लक्ष्मी स्याङ्तान र सिद्धान्तराज परियारले प्रस्तुत गर्नेछ । गजललाई रौनकता दिन रिता थापाको गजलमा नृत्य रहने छ ।


प्रतिक्रिया