+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले तोकेको सार्वजनिक भाडादर लागु हुने, नभए कारबाही भागीदार हुनुपर्ने

public vehicle tariff rate
डबली खबर
७ साल अगाडी

नुवाकोट / नुवाकोटका सबै सार्वजनिक साधनहरुमा सरकारले तोकेको भाडादर लागु हुने भएको छ ।

हिन्दुहरुको महान चाडमा सार्वजनिक साधनहरुको भार धेरै हुने भएकोले सबै यातायात व्यवसायी र चालकहरुले ट्राफिक नियमको पालना नियमन गर्नुपर्ने र यात्रुलाई शिष्टताको व्यवहार गरिनुपर्ने सर्वपक्षीय बैठकले निष्कर्ष निकालेको छ । सार्वजनिक सवारीसाधनको अनुगमन तदारुकताका साथ प्रहरी र अनेरास्ववियुले गर्ने र मापदण्ड विपरित भाडादर लिई सञ्चालन भएको पाईएमा कारबाही गरिने बैठकले निर्णय गरेको छ ।

बैठकमा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा निमित्त प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, प्रहरी उपरिक्षक वसन्त कुँवर, प्रमुख अनुसन्धान अधिकृत धिरेन्द्र बानियाँ, सशस्त्र प्रहरीका नुवाकोट प्रमुख निरञ्जन भण्डारी, यातायात व्यवसायी, दलीय प्रतिनिधि, युवा संगठनका प्रतिनिधि, विद्यार्थी संगठनका नेता लगायतको सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको हो ।

Image may contain: text

यस अगाडी नै परिचालकले टिकट नदिए पनि सवारी नं सहित विभागको फ्याक्स नं सहित ०१४४७४९२२, फोन नं ०१४४७९६९० र इमेल info@dotm.gov.np उजुरी सकिने विभागले जनाएको छ । यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नं ११११ फोन सम्पर्क र सन्देश पठाएर पनि उजुरी गर्न सकिनेछ । कार्यालयकै फ्याक्सन नं. ११०० इमेल 1111@opmcm.gov.np मा सवारी नं. सहितको विवरणको उजुरी गर्न सकिने व्यवस्था गरेको छ । यसैगरी ७७ वटै जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालयमा समेत उजुरी गर्न सकिने विभागले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ