रसुवा / रसुवामा होटल तथा पर्यटन व्यवसायी संघ गठन भएको छ ।
संघको पहिलो बैठकले रितुपेमा तामाङको अध्यक्षतामा सर्वसम्मत चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा धनकुमारी गुरुङ, महासचिवमा रामशरण गजुरेल, सचिवमा फुर्पुसिङगी तामाङ, कोषाध्यक्षमा डोल्मा संग्रौला र सह-कोषाध्यक्षमा विष्णु आचार्य, सदस्यहरुमा अमित लामा, सुनिता लामा, याङजेन घले, कामी छोमो तामाङ, कोक्ले तामाङ र ज्योती तामाङ चयन भएका छन्।

नेपाल होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघ प्रदेश नं. ३ का संयोजक सन्तोष उप्रेतीको प्रमुख आतिथ्यमा भएको नवगठित संघ पर्यटन तथा होटल व्यवसायलाई व्यावसायिक र सशक्त बनाउन तथा सामूहिक हितको लागि भूमिका खेल्न गठन गरेको बताउनुभयो ।
संघले जिल्लाका होटल तथा पर्यटन व्यवसायीलाई संघमा आबद्ध गराई काम गर्ने नव निर्वाचित अध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया