+
Search

ताजा अपडेट +

पपुलर +

मृतकको परिवारलाई रु २१ लाख क्षतिपूर्ति, भिड नियन्त्रण गर्न हवाई फायर

डबली खबर
७ साल अगाडी

ककनी, नुवाकोट / ककनी गाउँपालिका–१ कागतीमा टिपरको ठक्करबाट मृत्यु भएकाको परिवारलाई रु. २१ लाख क्षतिपूर्ति दिने सहमति भएपछि तीनपीप्ले–सिसडोल सडक खुलेको छ ।

मृतक ६० वर्षीय शेरबहादुर बलामीलाई बा ३ ख ३७३० नम्बरको टिपरले ठक्कर दिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरोध गरेकामा टिपरधनीले दिने क्षतिपूर्ति रकममा सहमति भएपछि सडक खुलेको थियो । सडक खुलाउने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा भीडलाई तितरवितर बनाउन प्रहरीले तीन राउण्ड हवाई फायरसमेत गरेको  ककनी-१ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले जानकारी दिनुभयो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ