ढिकुरे, लिखु / हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सम्पन्न बचत तथा ऋण सहकारी संस्था लि. र जालपा एफएमको आयोजनामा तीज विशेष कार्यक्रम भएको छ ।
लिखु गाउँपालिका-१ ढिकुरे बजारमा आयोजित कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा पूर्वसांसद श्रीमाया थकालीले मुलुकमा बढ्दै गईरहेको महिला हिंसा विरुद्द नेपाली सबै नारीहरु एकजुट भई महिला हिंसा अन्त्य गर्न लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा लिखु गाउँपालिका उपाध्यक्ष रोजिना राई, सम्पन्न बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष पूर्णलाल श्रेष्ठ, नेकपाका नेता प्रदिप पाठक ‘सुमन’, ईश्वर अमात्य लगायतले तीजको शुभकामना मन्तव्य राख्नुभएको थिए ।
कार्यक्रमलाई रौनकता दिन कलाकारहरु बलबहादुर वाईवा, तुलसा कटुवाल, लेकनाथ आचार्य लगायतका ले तीज गीत तथा लोकदोहोरी गीत गाएर सहभागी सबै महिला दिदीबहिनी छमछमि नचाएका थिए । त्यस्तै, अतिथिहरुले पनि तीजको गीतमा कम्मर मर्काएका थिए ।
अतिथि र कलाकारहरुलाई सहकारीका अध्यक्ष पूर्णलाल श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरु रातो साडी, चोलो तथा विभिन्न किसिमका गरगहना लगाएर सहभागी भएका थिए । तीजको भाकामा छमछमी नाँचेर सहभागीहरुले रमाईलो गरेका थिए ।
तीजमा ब्रत बसेर भगवान शिवको पूजा गरेमा विवाहित महिलाले पतिको दीर्घायूको लागि र अविवाहितले आफूले चाहेजस्तो वर पाउने मान्यता रहेको छ । त्यसैले देशभर शिव मन्दिरहरुमा ब्रतालु महिलाहरुको घुइँचो लागेको थियो । मन्दिर, घर आँगन र चोकचोकमा ब्रत बसेका महिलाहरु दिनभरी पूजा गर्नेदेखि नाचगान गरेर तीज मनाउने गर्दछ ।









प्रतिक्रिया