विदुर / नुवाकोटको ककनी गाउँपालिका-४ पैंतीस किलो जुरेथुम भन्ने स्थानमा पहिरो गइ सडक अवरुद्ध भएको छ ।
अविरल वर्षाको कारण पासाङल्हामु राजमार्ग अन्तर्गत काठमाण्डौ-ककनिकाे सडकखण्डमा पहिरो गई सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सडक खुलाउन कोसी एण्ड नेपाल कन्ट्रक्सनसँग समन्वय भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रतिक्रिया