+
Search

ताजा अपडेट +

पपुलर +

साँग्रिला डेभलपमेन्ट बैंकको सीईओमा सुयोग श्रेष्ठ नियुक्त

sugog shangri-la bank ceo nepal
डबली खबर
७ साल अगाडी

काठमाडौं / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ नियुुक्त भएका छन् ।

बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई नियुुक्त गरेको हो । बैंकको कामु सिईओ रहेका दिनेश थकालीले १ साता अघिनै बैंक छकाडेपछि सांग्रिला बैंकमा सिईओ र डेपुटी सिईओ दुबै पद खालि रहेको थियो ।

सिईओ नियुक्तसंगै श्रेष्ठले यही भदौ १८ गतेदेखी बैंकको कार्यभार सम्हाल्ने बैंकका पुर्व सिईओ राजेन्द्रप्रसाद पौडेलले बताउनुभयो । साथै अव चाडैनै डेपुटी सिईओ पनि ल्याउन तयारीमा लागेको पौडेलले बताउनुभयो ।

बैंकिंङ बायोग्राफी

४६ वर्षिय सुयोग श्रेष्ठ संखुुवासभा जिल्लाको चैनपुुरमा आजै जन्मेका हुन । उनि यस अघि तत्कालीन एस. डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृत रहेर काम गरिसकेका छन । तत्कालिन यस डेभलपमेनट बैंक नेपाललाई इन्भेष्टमेन्ट बैंककले गाभेपछि श्रेष्ठ बैंकिङ बाहिर थिए । त्रिभुुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा ईन्सिच्युुट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयां दिल्लीबाट चार्र्टर्ड एकाउन्टेन्ट उर्तिण गरेका छन् । १८ वर्ष अघि हिमालयन बैंकको जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकिङ करियर शुुरु गरेका श्रेष्ठले उक्त बैंकमा आन्तरिक लेखा परीक्षा विभागको प्रमुख पदसम्मको जिम्मेवारी सम्हाल्लेका थिए भने सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा सहायक प्रबन्धक हुुदैं प्रबन्धक तहसम्मको जिम्मेवारी बहन गरि सो पश्चात सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा कार्य समेत गर्नुु भएका श्रेष्ठ सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुुदै प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत श्रेष्ठसामु ठुलो साइजमा पुगेको सांग्रिला विकास बै.कलाई हाक्ने चुनौति छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ