विदुर, नुवाकोट / जीर्ण बनेको साततले दरबार अविरल बर्षासँगै छैठौं तलाको छानाको काठ र ईट्टा हिजो रातिदेखि खस्ने क्रम बढेको छ । दरबार क्षेत्रमा आवतजावत गर्न जोखिम मोल्न बाध्यता रहेको स्थानीयहरु बताउँछन् ।
भूकम्पबाट क्षति भएको साततले दरबार, भैरवी मन्दिर, तलेजु भवानीको मन्दिर लगायतका धार्मिक सम्पदाको पुननिर्माण कार्यको लागी चिनीयाँ प्राविधिकहरुले सर्वेक्षण गरी पुननिर्माण गरिदिने सम्झौता गरेको थियो । अहिले चीन सरकारले दरबार र दरबार क्षेत्रको पुननिर्माण अन्योलमा परेको छ। यसअघि भारत सरकारले पनि दरबार पुनर्निर्माणमा चासो देखाएको थियो ।


प्रतिक्रिया